वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजको निम्ति न्यूजील्याण्डद्वारा टीमको घोषणा

IMG-20251125-WA0060

वेलिंगटन: न्यूजील्याण्डका स्टार ब्याटर केन विलियम्सन टेस्ट टीममा फर्किएका छन् अनि उनलाई वेष्ट इण्डिजविरुद्ध सीरीजमा खेलिरहेको देखिनेछ। न्यूजील्याण्ड र वेष्ट इण्डिजबीच ३ वटा टेस्ट म्याचको सीरीज खेलिनेछ। यसको निम्ति न्यूजील्याण्डले १४ सदस्सीय टीमको घोषणा गरेको छ। विलियम्सन न्यूजील्याण्डको जिम्बाब्वेमा खेलिएको टेस्ट सीरीज र यस सीजनको अधिकांश सीमित ओभरहरूका म्याचमै खेलेका थिएनन्। विलियम्सनको न्यूजील्याण्ड क्रिकेटसँग सीमित अनुबन्ध रहेको छ, जसले उनलाई विदेशी लीगहरूमा खेल्ने अनुमति दिन्छ। उनले उपलब्ध रहेको समय मात्र न्यूजील्याण्डको निम्ति खेल्छन्। न्यूजील्याण्डका मुख्य प्रशिक्षक रब वाल्टरले भने, मैदानमा केनको क्षमतासँग सबै अवगत छन्। उनको आगमनले हाम्रो टेस्ट टीमलाई मजबूती प्राप्त हुनेछ। आउँदो सीरीजको निम्ति पेस बलर ज्याक फोक्स, जेकब डफी र ब्लेयर टिकनरलाई पनि टीममा चयन गरिएको छ। फोक्सले अगस्तमा जिम्बाब्वेविरुद्ध आफ्नो पहिलो टेस्ट म्याचमा ९ विकेट लिएका थिए जबकि टिकनरले टीमको निम्ति अन्तिमपल्ट २०२३-मा टेस्ट म्याच खेलेका थिए। चोटमुक्त ब्याटर डेरिल मिचेललाई पनि टीममा स्थान प्राप्त भएको छ। पहिलो टेस्ट म्याच २ दिसम्बरदेखि क्राइस्टचर्चमा शुरु हुनेछ।
वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजको निम्ति न्यूजील्याण्डको टीम यसप्रकार छः
टम लाथम (कप्तान), टम ब्लण्डेल (विकेटकीपर), माइकल ब्रेसवेल, डेवोन कन्वे, जेकब डफी, ज्याक फोक्स, म्याट हेनरी, डेरिल मिचेल, रचिन रविन्द्र, मिचेल सेण्टनर, नाथन स्मिथ, ब्लेयर टिकनर, केन विलियम्सन, विल यंग।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement