लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा ढिलो गरी फर्म हासिल गर्ने म्यानचेष्टर युनाइटेडलाई फेरि ठूलो झट्का लाग्यो। सोमवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले आफ्नो होम ग्राउण्डमा एभर्टनविरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। घरेलु समर्थकहरूले भरिएको ओल्ड ट्रेफर्डमा यस हारले रेड डेविल्सको आत्मविश्वासमा ठूलो धक्का लाग्नेछ। एभर्टनको टीम म्याचको शुरुमै १० जना खेलाड़ीमा सीमित भयो। आफ्नै साथी खेलाड़ीसँग झगड़ा गर्दा एभर्टनका मीडफिल्डर इद्रिसा गुइयेलाई १३औँ मिनटमा रेड कार्ड देखाइयो। त्यसपछि दशजना खेलाड़ीको साथ खेल्दै पनि एभर्टनले २९औँ मिनटमा गोल हासिल गऱ्यो। केरनान डेउसबुरी-हलले लामो दूरीबाट दर्शनीय गोलको साथ एभर्टनलाई बढ़त दिलाए। रहल समयमा म्यानचेष्टर युनाइटेडले लगातार प्रयास गरे पनि बराबरी हासिल गर्न सकेन। यस अवधि होम टीमलाई भाग्यले पनि साथ दिएन अनि ७० प्रतिशत पोजेशनको साथ खेल्दै पनि हारको सामना गर्नु पऱ्यो। म्यानचेष्टर युनाइटेड र एभर्टनसँग अहिले १२-१२ वटा म्याचमा १८-१८ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा यी दुई टीम प्रीमियर लीग पोइण्ट्स टेबलमा क्रमशः १०औँ र ११औँ स्थानमा रहेको छ।










