रियाद (सऊदी अरब): दिग्गज फरवर्ड क्रिस्टियानो रोनाल्डोले ४०-को उमेरमा पनि अभूतपूर्व जोश र फिटनेसको सर्वश्रेष्ठ उदाहरण पेश गरेर सबैलाई चकित बनाएका छन्। सऊदी प्रो लीगको म्याचमा अल नस्रको तर्फबाट खेल्दै रोनाल्डोले अन्तिम क्षणमा बाइसाइकल किकबाट दर्शनीय गोल गरेर अल खलीजविरुद्ध आफ्नो टीमलाई यादगार जीत दिलाए। रोनाल्डोको त्यस गोलको भीडियो अहिले सोशल मीडियामा व्यापक भायरल भइरहेको छ। महान फरवर्ड रोनाल्डोले इञ्ज्युरी टाइमको छैटौं मिनटमा आफ्नो टीमलाई म्याचको चौथो तथा अन्तिम गोल दिलाए। रोनाल्डोले यसअघि २०१७-मा युभेण्टसबाट खेल्दै च्याम्पियन्स लीगको म्याचमा पनि यस्तै गोल गरेका थिए। आइतवार रोनाल्डोले आफ्नो करियरको ९५४औं गोल गरे। म्याचमा अल नस्रले ४-१-ले जीत हासिल गऱ्यो। सऊदी प्रो लीगमा रोनाल्डोको क्लब अहिले ९ वटा म्यटाचमा २७ अंकको साथ शीर्ष स्थानमा रहेको छ। म्याचपछि रोनाल्डोले भने, यस गोलको म आफैले पनि कल्पना गरेको थिइनँ। सटीक टाइमिंगले गर्दा गोल सम्भव भयो। समग्रमा म्याच जितेर खुशी छु।









