डामडिम: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज डामडिमस्थित बोकर शेड्रा ओबार छिमेलिङ उच्च अध्ययन तथा अनुसन्धान संस्थानमा आयोजित ताराका पाँच रूपको सशक्तिकरणसम्बन्धी पवित्र कार्यक्रममा सहभागी भएका छन्।
उक्त कार्यक्रम प्रतिष्ठित बोकर संस्थानको रजत जयन्ती समारोहको अवसरमा आयोजना गरिएको थियो।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रममा सहभागी बन्न पाउँदा खुशी व्यक्त गर्दै परम पावन १२औं छाम्गोन केन्टिङ ताई सितु रिम्पोछे, परम पावन क्याब्जे तेङ्गा रिम्पोछे, परम पावन क्याब्जे बोकर रिम्पोछे र परम पावन क्याब्जे खेन्चेन लोडो धोन्योड रिम्पोछेको दिव्य उपस्थितिलाई ठूलो सम्मानको रूपमा उल्लेख गरेका छन्।
उहाँले कार्यक्रममा पवित्र मार्गदर्शन र आशीर्वाद प्राप्त गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्दै सिक्किमका जनताको तर्फबाट प्रार्थना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।









