खरसाङ महकुमा खेलकूद संघको आयोजनामा अन्तर कार्यालय टी टेन क्रिकेट टुर्नामेन्ट शुरु

photocollage_2025112418289964

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको भिक्टोरिया खेल मैदानमा अन्तर कार्यालय टी टेन क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। विभिन्न कार्यालय कार्यालयहरुमाझ सौहार्दपूर्ण मित्रता बनाउने उद्देश्यका साथमा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको टी टेन क्रिकेट टुर्नामेन्टमा जम्मा १४ वटा टिमले भाग लिईरहेका छन्। यस कार्यालय स्तरीय टी टेन क्रिकेट टुर्नामेन्टको पहिलो दिन तीनवटा खेलहरु सम्पन्न भएको छ। यस अन्तर्गत प्रथममा खरसाङ नगरपालिकाले पीएनएचजेपी ‘जु’ लाई, अग्नि शमन विभागले डीएफओ कार्यालयलाई अनि डाउहिल स्कूलले खरसाङ कोर्टलाई पराजित गरेको छ। यस क्रिकेट टुर्नामेन्टको दुईवटा सेमी फाइनल खेल आगामी ३ दिसम्बरमा र फाइनल खेल आगामी ५ दिसम्बरमा हुने भएको छ। पहिलो दिनको क्रिकेट म्याचहरु विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement