ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा पचेङ समष्टी कमिटी गठन

IMG-20251124-WA0112

सोनादा: इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा पचेङ समष्टि कमिटी गठन गरिएको छ। उक्त समष्टि स्तरीय कमिटीमा अध्यक्ष सिद्धान्त थापा, सचिव रमेश राई चयन भएका छन्। दुवैलाई सभामा सभामा उपस्थित सम्पूर्णको सर्वसम्मति अनुसार चयन गरियो। यसको साथै भूपति सुब्बालाई सल्लाहकारको रुपमा चयन गरिएको छ। त्यसरी नै अन्य ५५ जना कार्यकारिणी सदस्यहरु पनि समष्टि कमिटीमा राखिएका छन्। उक्त सभामा सम्पूर्ण समष्टि कमिटीलाई लिएर आईजीजेएफको भावी रणनीति विषयहरुमाथि गहन चर्चा गरियो साथै समष्टिलाई बलियो बनाउने रणनीतिहरु तय गरियो। उक्त सभामा मुख्य रुपमा केन्द्रीय कार्यकारी सदस्यहरु संजोग गुरुङ, सन्नी लोप्चन, अमृत प्रधान साथै खरसाङ महकुमाका नारी संयोजिका संगिता छेत्री उपस्थित थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सुखिया खण्डको संयोजक अमृत प्रधानले ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सको नेतृत्व र निर्देशनमा ४५ वटै समष्टिहरुमा समष्टि कमिटी बनाउने कार्य चलिरहेको र यसै क्रममा सोनादा पचेङ समष्टिको पनि समष्टि कमिटी गठन गरिएको जानकारी गराएका छन्। उनले भने, हामी जनताको सेवा गर्नलाई निस्केका हौँ। जनताको पैसा खाएर राजनीति गर्ने हाम्रो चलन छैन। गरीब दु:खीको पैसा खाएर राजनीति गर्नु राम्रो होइन।’
उनले अझ भने, सही नेतृत्वको लागि नै हामीले अजय एडवर्ड्सलाई साथ दिएका हौं। हामी उनलाई सदैव साथ दिईरहनेछौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement