भागोप्रमो घैयाबारी ग्राम पञ्चायत तीन पञ्चायत स्तरीय ब्लक कमिटी गठन

IMG-20251124-WA0110

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनलाई लिएर ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन गरिएको छ। उक्त ब्लक कमिटी गठनको लागि भागोप्रमोको सभा घैयाबारीस्थित पार्टी कार्यालयमा सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण समष्टिको उप सभापति एवं कर्माध्यक्ष दावा वाङ्दी लामाले राखेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको पर्यवेक्षक एंव सभासद प्रणाम रसाइली, युवा शक्ति समष्टिको सभापति एवं घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, समिति सदस्या कुसुम प्रधान आदिले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनको विभिन्न कार्यहरु र योजनाहरु विषयमा चर्चा परिचर्चा गरेका थिए। यसै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा घैयाबारी ग्राम पञ्चायत तीनको ग्राम पञ्चायत स्तरीय ब्लक कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति केवल राई, उप सभापति दावा वाङ्दी लामा, जीवन थापा, सम्पल राई, सचिव धिरेन प्रधान, सह सचिव नवराज प्रधान, बिक्रम तामाङ, निर्मल तामाङ, कोषाध्यक्ष शंकु खवास, प्रचार प्रसार सचिव बिपना विश्वकर्मा र प्रताप परियार लगायत घैयाबारी तीन ग्राम पञ्चायतको निर्वाचित समिति सदस्यहरु र पञ्चायत सदस्यहरुलाई प्रमुख सल्लाहकारमा चयन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement