खरसाङ: भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्षा सबिता कार्कीलाई आगामी विधानसभा २०२६ को चुनावकोे निम्ति खरसाङ शहरकोे चुनाव प्रभारी नियुक्त गरिएको छ। खरसाङ महकुमा पार्टी कार्यालयमा सम्पूर्ण वार्डका प्रतिनिधिहरुलाई लिएर केही दिन अघि जीटीए प्रमुख कार्यपाल अनित थापाले खरसाङ नगरपालिका क्षेत्रको लागि गरिएको २०० करोड बराबरको लागतमा अमृत २.० पिउने पानीको परियोजनाकोे देख रेख गर्न साथै जनसाधारण लाई अमृत २.० कोे महत्त्व घर घर पुर्याउन हेतु प्रत्येक वार्डमा पानी निर्माण समिति बनाउन भनी पार्टी अध्यक्ष अनित थापाले नगरपालिका अध्यक्ष, उपाध्यक्ष केन्द्रीय समिति सदस्य तथा टाउन कमिटीका संयोजक समीर दीप ब्लोन अनि २८ नम्बर समष्टिका सभासद श्याम शेर्पालाई दिएको आदेशलाई पूरा गर्न हेतु खरसाङ टाउन कमिटीकोे तत्वधानमा टाउन कमिटीका वरिष्ठ सदस्य सन्तोष परीकोे अध्यक्षतामा सभा गरिएको छ। सभाको सञ्चालन टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले गर्दै सभाको विषय लिएर जानकारी दिएका थिए। सभामा क्रमैले टाउन कमिटी युवा शक्तिका अध्यक्ष बन्धन लामा, २८ नम्बर चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाका उपाध्यक्ष तथा भागोप्रमो खरसाङ महकुमा समितिका अध्यक्ष सुभाष प्रधानले आ आफ्नो वक्तव्य राखेका थिए। सभालाई भागोप्रमो केन्द्रीय समिति सदस्य तथा खरसाङ टाउन कमिटीका संयोजक समीर दीप ब्लोनले आफ्नो सम्बोधनसंगै केन्द्रीय समितिका अध्यक्ष अनित थापाकोे निर्देश अनुसार भरतीय गोर्खा प्रजातन्त्रिक मोर्चा खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्षा सबिता कार्कीलाई आगामि २०२६ को विधानसभा चुनावकोे निम्ति खरसाङ नगरपालिका क्षेत्रकोे निर्वाचन प्रभारी नियुक्ति पत्र प्रदान अभिभारा सुम्पेका छन्। नव नियुक्त निर्वाचन प्रभारी सबिता कार्कीले सभाकाे माध्यमबाट पार्टी अध्यक्ष अनित थापालाई यसरी आफ्नो कार्यलाई मूल्यांकन गरी निर्वाचन प्रभारी नियुक्त गरेकोमा धन्यवाद दिइन्। अन्त्यमा सभाको सभाध्यक्ष सन्तोष परीले आफ्नो सम्भाषणसंगै सभा समाप्तिकोे घोषणा गरे। सभामा टाउन कमिटीका अध्यक्ष राजु शर्मा, सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिव मैत्रसेन शर्मा, कोषाध्यक्ष राजेन प्रधान कार्यकारीणी सदस्यहरु, टाउन कमिटी नारी शक्तिका अध्यक्षा देवकी प्रधान सुब्बा, सह सचिवा सरिता मुखिया २८ नम्बर समष्टि नारी शक्तिका अध्यक्षा सुष्मा मुखिया, टाउन कमिटी युवा शक्तिका शक्ति कोषाध्यक्ष विमल थापा, कार्यकारिणीको सदस्यहरु लगायत २० वटै वार्डका प्रतिनिधिहरु लगायत विभिन्न वार्डका प्रसाखाका सदस्यहरु उपस्थित थिए।









