सत्य साई बाबाको १००औं जन्मशताब्दी भव्यरूपमा सम्पन्न

n6903540611763979975374b49623c1761ff06e5f60ec77117dad15ed8337b8b7c2c0b771419e1296746842

तक्दाह: भगवान श्री सत्य साई बाबाको १००औं जन्मजयन्ती विश्वव्यापी रुपमा पूर्ण भक्तिभाव र हर्षोल्लासका साथ मनाइएको छ। यसै क्रममा, तक्दाह दवाईपानी श्री सत्य साई संगठनले आज तक्दाह चिया बगानस्थित स्कूल धुरास्थित राम मन्दिरमा विभिन्न कार्यक्रमका साथ जन्मशताब्दी भव्यरूपमा पालन गर्यो।
कार्यक्रम ओमकारम्, दिप प्रज्जवलन, त्रि गायत्री जप र वेदपाठबाट प्रारम्भ भएको थियो। शुभारम्भ पछि केक काटेर कार्यक्रम औपचारिक रूपमा सुरु गरियो। समितिका पदाधिकारीहरू र भक्तजनको बाक्लो उपस्थितिमा, साई अनुयायीहरूको बहुलिताबाट भजन विमोचन कार्यक्रम पनि सम्पन्न भयो। फिरोज गुरुङको शब्द र सङ्गीतबद्ध भजनमा योगेश मोक्तान, वाङ्गे गुरुङ, सृष्टि प्रधान र प्रकृति तामाङले स्वर दिएका थिए।
कार्यक्रममा प्रशान्ति निलयमबाट प्रकाशित वार्षिक नेपाली पत्रिका ‘ओम् स्वर्णिमा’ समेत सार्वजनिक गरियो, जसले हरेक वर्ष भगवान श्री सत्य साई बाबाको जयन्तीमा विशेष अंक प्रस्तुत गर्दै आएको छ।
जन्मशताब्दीको अर्को मुख्य आकर्षण वृद्ध–वृद्धाहरूको सम्मान कार्यक्रम थियो। यसअन्तर्गत क्षेत्रका सात जना वृद्ध–वृद्धाहरूलाई न्यानो ज्याकेट, शाल र सिरक प्रदान गरी सम्मानित गरियो।
संगठनका वरिष्ठ साई अनुयायी एसडी मोक्तानले जन्मशताब्दीको अवसरमा सम्बोधन राखे। अन्ततः, भजन, मंगल आरती र प्रसाद वितरणसहित कार्यक्रम सफलतापूर्वक समापन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement