अनियन्त्रित कन्टेनर पल्टिँदा चालक घाइते

Accident-Rep-Image-1

राजगञ्ज: आज फेरि एउटा दुर्घटना भएको छ। यो दुर्घटना सिलगढी- जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जोटियाकाली मोड़ इलाकामा भएको हो। आज एउटा कन्टेनर अनियन्त्रित भएर सड़क किनारको जलाशयमा पल्टिँदा चालक घाइते भएका छन्। पाइएको जानकारी अनुसार आज एउटा कन्टेनर सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय वाहन अघि अचानक कुकुर आउँदा यसलाई बचाउने क्रममा कन्टेनर अनियन्त्रित भएर सड़क किनारमा पल्टिँदा चालक घाइते भएको बताइएको छ। घाइते चालकलाई उद्धार गरेर नजिकैको अस्पतालमा लगियो घटनाको खबर पाएर फुलबारी ट्राफिक गार्ड तथा न्यू जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर कन्टेनर उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *