खरसाङ: आजदेखि एनजेपीदेखि दार्जिलिङसम्मको रेलवे सेवा सुचारु भएको छ। गत १६ सेप्टेम्बरको दिन तीनधारेदेखि केही मुनि रहेको रंगटङ्गमा गएको पैह्रोले गर्दा दार्जिलिङ हिमालयन रेलवे सेवा बन्द थियो। उक्त पैह्रौ मरमत्ति गरेपछि आजदेखि रेलवे सेवा सुचारु भएको छ। आज बिहान एनजेपीदेखि दार्जिलिङ हिमालयन रेलवे परिसेवा शुरु गरिएको छ भने आजदेखि नयाँ अर्को ट्रेन एसी प्यासेञ्जर ट्रेन पनि एनजेपीदेखि दार्जिलिङसम्मको लागि शुरु गरिएको छ। उक्त ट्रोय ट्रेनको शुरु एनजेपीबाट शुरु भएर खरसाङमा दिउँसो ३.३० बजेतिर आईपुगेको थियो। आज एनजेपीबाट एकैचोटि दुईवटा ट्रेन आईपुगेको थियो। यसमा अरुबेला चल्ने ट्रेन अनि आजदेखि शुरु गरिएको नयाँ एसी प्यासेञ्जर ट्रेन गरी एकसाथ दुईवटा ट्रेन आईपुगेको थियो।

यस विषयमा दार्जिलिङ हिमालयन रेलवेको एकजना अधिकारीले बताए अनुसार अाजदेखि शुरु गरिएको नयाँ एसी प्यासेञ्जर ट्रेनमा ट्रेन नम्बर ५२५३९ सप्ताहको सोमबार, बुधबार र शनिवार एनजेपीदेखि दार्जिलिङसम्मको लागि चल्ने अनि अर्को नयाँ एसी प्यासेञ्जर ट्रेन नम्बर ५२५३८ सप्ताहको मंगलवार, बिहीबार र आईतबार दार्जिलिङदेखि एनजेपीसम्मको लागि चल्ने भएको छ।