राजस्थान युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश, नओबा मेइती म्यान अफ द म्याच

n690268640176391814134404cc1c55f30dc7c0232d6943daf53be31ee6d983dbb5201b62ed9d459d5f1ec8

पाल्जोर: सिक्किम फुटबल एसोसिएशनको आयोजनामा पाल्जोर स्टेडियममा भइरहेको प्रतिष्ठित ४१औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्टको दोस्रो क्वार्टरफाइनल खेलमा राजस्थान युनाइटेड एफसीले एपीआई चर्च बोइज एफसीलाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
राजस्थान युनाइटेड एफसीका लागि जर्सी नम्बर १० विलियमले पहिलो गोल गरेका थिए। दोस्रो र तेस्रो गोल जर्सी नम्बर ३० नओबा मेइतीले दुई गोल गर्दै टोलीलाई निर्णायक विजय दिलाए। एपीआई चर्च बोइजका लागि जर्सी नम्बर १५ दिनेशले एकमात्र गोल गरेका थिए। उत्कृष्ट प्रदर्शनका लागि नओबा मेइतीलाई म्यान अफ द म्याच घोषणा गरिएको छ।
आजको खेलमा सिम्फेडका अध्यक्ष तेन्जिङ दोर्जी भोटिया मुख्य अतिथि र राज्य खेलकुद तथा युवा मामिला विभागकी सचिव योङ्छेन डोल्मा तामाङ विशिष्ट अतिथि रहिन्।
खेल तालिका अनुसार, भोलि सिक्किम ड्रेगन्स एफसी र नर्थ ईष्ट युनाइटेड एफसीबीच सायं ४:३० बजे तेस्रो क्वार्टरफाइनल खेल हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement