गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भगवान् श्री सत्य साई बाबाको जन्मशताब्दीको पावन अवसरमा सबै भक्तजन र शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आज आफ्नो फेसबुक पोस्टमार्फत लेखेका छन्, “श्री सत्य साई बाबाको जीवन र शिक्षाले धर्म, राष्ट्रियता र संस्कृतिका सीमाहरूभन्दा माथि उठ्दै विश्वभरिका लाखौँ मानिसहरूलाई निरन्तर प्रेरणा दिँदै आएको छ। उहाँको सन्देश, ‘सबैलाई प्रेम गर, सबैको सेवा गर र जहिले पनि मद्दत गरौँ, कसैलाई दुःख नदेऊ’ मानवताका लागि आज पनि मार्गदर्शक प्रकाश बनेको छ।”
उहाँले जन्मशताब्दीको अवसरमा बाबाद्वारा पालन गरिएका करुणा, विनम्रता र मानवसेवाका मूल्यहरूप्रति आफूलाई पुनः समर्पित गर्न आह्वान पनि गरेका छन्।
यस सन्देशमार्फत मुख्यमन्त्रीले सिस्किमका नागरिकहरूलाई सत्य साई बाबाको शिक्षालाई दैनिक जीवनमा आत्मसात गर्न प्रेरित गरेका छन्।









