खरसाङ महाविद्यालयको एनएसएसद्वारा रक्तदान शिविर सम्पन्न

खरसाङ: खरसाङ महाविद्यालयको एनएसएस टिमले खरसाङ महकुमा अस्पतालको ब्लड ब्याकंसित मिलेर रक्तदान शिविरको आयोजना गरेको छ। खरसाङ महाविद्यालयको एनएसएस टोलीले एनएसएस दिवसको दिन उक्त रक्तदान शिविरको आयोजना गरिएको बताइएको छ। रक्तदान शिविरको शुरुमा खरसाङ महकुमा अस्पतालको मेडिकल अफिसर डा पीके पोद्दार र खरसाङ महकुमा अस्पतालको ब्लड ब्यांककी इन्चार्ज नर्स तारा छेत्रीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै रक्तदानको महत्व विषयमा बताएका थिए। त्यसरी नै खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बलले पनि विद्यार्थीहरूलाई सम्बोधन गर्दै एनएसएस दिवसको दिन रक्तदान शिविर आयोजनाको लागि महाविद्यालयको एनएसएस टोलीलाई बधाई दिएका छन्।

उनले सबै विद्यार्थीहरूलाई यस्ता रक्तदान शिविरमा सहभागिता जनाउनलाई प्रेरणा दिन्दै रक्तदान शिविर आयोजनाको लागि महाविद्यालयको एनएसएस कार्यक्रम संयोजिका डा सिर्जना राईलाई पनि बधाई दिएका छन्। उक्त रक्तदान शिविरमा १४ जना विद्यार्थीहरू, एकजना शिक्षणकर्मी र एकजना अशिक्षणकर्मी गरी जम्मा १६ जनाले रक्तदान गरेका थिए। यस अवसरमा रक्तदान शिविरमा भाग लिने विद्यार्थीहरूलाई मेडिकल अफिसरद्वारा प्रमाण पत्रहरू वितरण गरिएको जानकारी खरसाङ महाविद्यालयको सह प्राध्यापक सपन प्रधानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement