अष्ट्रेलियन ओपनमा फाइनलमा पुग्न सफल भए भारतका लक्ष्य सेन

IMG-20251122-WA0105

सिडनी: भारतका स्टार शट्लर लक्ष्य सेनले अष्ट्रेलियन ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको पुरुष एकल फाइनलमा प्रवेश गरे। शनिवार खेलिएको रोमाञ्चक सेमिफाइनलमा लक्ष्यले विश्वका छैटौं नम्बरका खेलाड़ी चाइनीज ताइपेका चौ तिएन-तेनलाई १७-२१, २४-२२, २१-१६-ले पराजित गरे। म्याच लगभग ८६ मिनटसम्म चल्यो। पहिलो गेममा लक्ष्यको शुरुवात खराब रह्यो अनि चेनले चाँड़ै ११-६-को बढ़त हासिल गरे। चेनले पछिबाट पहिलो गेम २१-१७-ले जिते। दोस्रो गेममा दुई खेलाड़ीबीच रोचक प्रतिस्पर्धा भयो तर अन्तिम क्षणमा लक्ष्यले २४-२२-ले गेम जितेर म्याचलाई तेस्रो तथा निर्णायक गेमसम्म पुऱ्याए। तेस्रो गेममा ३५ वर्षीय चेनलाई सामान्य थकित देखियो अनि भारतीय शट्लरले यस मौकाको भरपूर फाइदा उठाए। लक्ष्यले शुरुमै ६-१-को बढ़त हासिल गरेपछि सजिलैसँग तेस्रो गेम र म्याच जिते। फाइनलमा लक्ष्यको सामना जापानका युशी तानाका या चाइनीज ताइपेका पाँचौं वरीयता प्राप्त लिन चुने-यीसँग हुनेछ। म्याच जितेपछि लक्ष्यले भने, आजको म्याच चरम रोमाञ्चक रह्यो अनि मलाई यस्तै म्याचको आशा थियो। निर्णायक क्षणहरूमा पोइण्ट्स हासिल गर्दा मलाई फाइदा भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement