वेतन वृद्धिको मागमा भीबीडीसीका टोलीद्वारा पञ्चायत प्रधानलाई ज्ञापन

IMG-20251122-WA0095

खरसाङ: महानदी ग्राम पञ्चायत क्षेत्रमा कार्यरत् भीबीडीसीका टोलीले वेतन वृद्धिको मांगमा महानदी ग्राम पञ्चायतको प्रधानलाई ज्ञापन पत्र बुझाएका छन्। यस क्रममा महानदी ग्राम पञ्चायत अन्तर्गत सबै संसदहरुमा कार्यरत् भीबीडीसीका भीएसटी, भीसीटी र सुपर भाईजर सबैले एकजुट भएर महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पालाई ज्ञापन पत्र बुझाएका छन्। यस विषयमा महानदी ग्राम पञ्चायतको भीसीटी लक्की प्रधानले बताए अनुसार महानदी ग्राम पञ्चायतमा ८ जना भीएसटी र ६ जना भीसीटी र एकजना सुपर भाईजर गरेर जम्मा १५ जना रहेको र सबैको वेतन वृद्धिको मागमा ज्ञापन पत्र बुझाएको जानकारी दिएकी छन्। यसको साथै महानदी ग्राम पञ्चायत र महानदी संघको आयोजनामा लुगाबाट बनाइएको झोलाहरु वितरण गरिएको छ। स उक्त लुगाको झोलाहरु वितरण गरिनुको मुख्य उद्देश्य महानदी क्षेत्रलाई प्लाष्टिकमुक्त र स्वच्छ बनाउनु रहेको छ। उक्त लुगाको झोलाहरु महानदी क्षेत्रमा कुद्ने गाडीहरुलाई पनि वितरण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement