दिपावली कपः एफएसएससी सिक्किम र बीएफसी बिजनबारी विजयी

२६ सेप्टेम्बरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा सोमवार दुईवटा म्याच खेलियो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको पहिलो म्याचमा एफएसएससी (फ्यूचर स्टार स्पोर्टिंग क्लब), सिक्किमले मुनाल एफसी, सोनादालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल हरकुश राईले ५९औं मिनटमा छिराए। हरकुश राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा बीएफसी बिजनबारीले कालेबुङ पुलिसलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्लेयर अव् द म्याच रहने निशान्त खड़काले २ गोल गरे। निशान्तले ३४औं र ३७औं मिनटमा गोल गरे। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement