नयाँ दिल्ली: विश्व बक्सिंग कपको फाइनलमा भारतकी महिला बक्सर निकहत जरीन, मीनाक्षी हुड्डा र प्रीति पवारसहित ५ जना बक्सरले स्वर्ण पदक जितेर देशलाई गौरवान्वित गरिन्। अनुभवी बक्सर निकहत (५१ किग्रा) – ले चाइनीज ताइपेकी बक्सर जुआन यी गुओलाई पराजित गरी स्वर्ण पदक हासिल गरिन्। निकहत बाहेक मीनाक्षी (४८ किग्रा), प्रीति (५४ किग्रा), अरुन्धति (७० किग्रा) र नूपुर शेओरन (८०+ किग्रा) – ले पनि स्वर्णिम सफलता हासिल गरिन्। ग्रेटर नोएडाको विजय सिंह पाथिक स्पोर्ट्स कम्प्लेक्समा जारी विश्व बक्सिंग कप २०२५-को फाइनलमा मीनाक्षीले उज्बेकिस्तानकी फोजिलोवा फारजोनालाई ५-०- ले पराजित गरी स्वर्ण पदक पक्का गरिन्। दिनको पहिलो स्वर्ण पदक जितेपछि उनले भनिन्, म धेरै खुशी छु। म आफ्नो प्रशिक्षक विजय हुड्डालाई धन्यवाद भन्न चाहन्छु, जसले मलाई लगातार समर्थन गरे। प्रीति पवारले पनि इटलीकी सिरीन चाराबीलाई ५-० ले पिटेर भारतलाई अझ एउटा स्वर्ण पदक दिलाइन्। अरुन्धतिले उज्बेकिस्तानकी जोकिरोवा अजीजालाई ५-० ले पराजित गरी भारतलाई तेस्रो स्वर्ण पदक दिलाइन्। त्यसपछि नूपुरले उज्बेकिस्तानै सोटिम्बोएवा ओल्टिनोयलाई ५-० ले पराजित गरी दिनको चौथो स्वर्ण जितिन्। निकहतले चाइनीज ताइपेकी प्रतिद्वन्द्वीलाई पराजित गरी भारतको निम्ति पाँचौं स्वर्ण पदक जितिन्।










