कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः भोल्भो एपेक्स ७ सजिलै सेमिफाइनलमा

२६ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा भोल्भो एपेक्स ७ सजिलै सेमिफाइनलमा पुग्यो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको क्वार्टर फाइनल म्याचमा भोल्भो एपेक्सले सेम्को सेपखोलालाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सिद्धान्त छेत्री, प्रबीक घिसिंग, अभिषेक दर्जी र प्रशान्त राई (भाइचुङ)-ले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल 30 सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement