एएफसी एशियन कप क्वालिफायरमा निराशाजनक प्रदर्शनपछि भारत फिफा ऱ्याङकिंगमा झरेर १४२औं स्थानमा

IMG-20251120-WA0118

नयाँ दिल्ली: एएफसी एशियन कप २०२७ क्वालिफायरमा लगातार कमजोर प्रदर्शनले गर्दा भारतीय राष्ट्रिय फूटबल टीमलाई फिफा विश्व ऱ्याङकिंगमा ठूलो झट्का लागेको छ। बंग्लादेशसँग गत म्याचमा ०-१-को हारले टीमलाई ठूलो नोक्सान भएको छ। बंग्लादेशविरुद्ध म्याचमा प्रशिक्षक खालिद जमिलको टीमले आशानुरुप प्रदर्शन गर्न सकेन अनि फिफाले सार्वजनिक गरेको ताजा विश्व ऱ्याङकिंगमा भारत ६ स्थान तल झरेर १४२औं स्थानमा पुगेको छ। बंग्लादेशविरुद्धको हारपछि भारतले १७.१३ कोएफिसियन्ट अंक गुमायो, जसले गर्दा र्‍याङकिंगमा ठूलो झट्का लागेको छ। फिफा र्‍याङकिंगमा यो ह्रास एल साल्भाडोरसँग संयुक्त रूपमा हालको समयमा सबैभन्दा ठूलो हो। फिफा ऱ्याङकिंगमा भारतलाई अहिले फिलिपिन्स (१३६) र तुर्कमेनिस्तान (१३७)-ले पनि पछि छोड़ेको छ। यसबीच बंग्लादेशले चाहिँ भारतविरुद्ध जीतपछि ३ स्थानको सुधार गरी १८०औं स्थान हासिल गरेको छ। भारतको १४२औं स्थान सेप्टेम्बर २०१६ पछि सबैभन्दा तल्लो ऱ्याङकिंग हो। त्यसबेला स्टिफन कन्स्टानटाइनको प्रशिक्षणमा भारत १४८औं स्थानमा पुगेको थियो।
अब दिसम्बरको अन्तसम्म कुनै म्याच नरहेको हुनाले भारतले १४२औं स्थानको साथ नै सालको अन्त गर्ने तय छ। भारतले यस साल ११ वटा म्याच खेलेर केवल ३ वटा जित्न सक्यो। समग्रमा स्पेनले फिफा ऱ्याङकिंगमा शीर्ष स्थान आफूसँग कायम राखेको छ। यसरी अर्जेण्टिना दोस्रो, फ्रान्स तेस्रो, ईंग्ल्याण्ड चौथो, र ब्राजील पाँचौँ स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement