श्रमिक आवासगृह अब पूरा हुने चरणमा

IMG-20251120-WA0116

यो श्रमिक आवास गृह कल्याण पूर्वाधार सुदृढतर्फको अर्को महत्वपूर्ण कदम हो: राजेस चौहान

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको श्रम विभाग अन्तर्गत निर्माण भइरहेको डागापुर, दार्जिलिङ मोड नजिकै श्रमिक आवासगृह अब पूरा हुने चरणमा पुगेको छ।यो परियोजनाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको जनताप्रतिको प्रतीबद्धता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेस चौहानले थालनी गरी निरन्तर अघि बढाएको प्रयासलाई प्रतिबिम्बित गरेको बताइएको छ। श्रमिक आवासगृह चाँडै नै आफ्नो लक्ष्यअनुसार सेवा दिन तयार हुनेछ भन्दै बिहीबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेस चौहानले पत्रकारहरुलाइ सम्बोधन गर्दै आवासगृहले यस क्षेत्रको कल्याण पूर्वाधार सुदृढतर्फको अर्को महत्वपूर्ण कदमलाई चिन्हित गर्दछ भन्दै यो श्रमिक आवासगृह सिलगढी उपचारका लागि आउने चिया बगानका श्रमिकहरू र परीक्षामा सहभागी हुन तथा अन्य आवश्यकताका लागि आउने उनका छोरा छोरीहरूका लागि निर्माण गरिएको हो भनी बताएका छन्। उल्लेखनीय छ, गत वर्ष ७ मार्च २०२४ को दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले यस भवन निर्माण कार्यको आधारशिला राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement