टुंग सन्त मेरिज समष्टिकाे दिलाराममा नयाँ रोड निर्माणको लागि शिलान्यास साथै निर्माण कार्य शुरु

IMG-20251120-WA0115

सोनादा: टुंग सन्त मेरिज समष्टि अन्तर्गत दिलारामको लोकेशन क्षेत्रमा नयाँ रोड निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त रोड निर्माणको लागि क्षेत्रीय सभासद नुरी शेर्पाको बाहुलीबाट शिलान्यास गरिएको छ। दिलारामको लोकेशन क्षेत्रको ४० घरलाई गाडीको रोड बनाउन शिलान्यास गरिएको छ। उक्त नयाँ रोड निर्माणको लागि शिलान्यास कार्यक्रममा क्षेत्रीय सभासद नुरी शेर्पा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्त मेरिज समष्टिकाे महासचिव दिपेश तामाङ, जोनल सभापति बसन्त राई, उप प्रधान कनिशा तामाङ, कर्माध्यक्ष प्रमिला तामाङ, पञ्चायत सदस्या राखी तामाङ साथै स्थानीयहरु उपस्थित रहेका थिए। उक्त रोड निर्माणको लागि शिलान्यास गरेर निर्माण कार्य पनि थालिएको जानकारी प्राप्त भएको छ। उक्त नयाँ रोड निर्माणको लागि शिलान्यास गरेर निर्माण कार्य पनि शुरु गरिएकोमा स्थानीयहरुले जीटीए‌ प्रमुख अनित थापा, क्षेत्रीय सभासद नुरी शेर्पा, स्थानीय जनप्रतिनिधिहरु साथै प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिएको छ। यस क्षेत्रमा रोड निर्माणको दीर्घकालीन मागलाई पूरा गरेकोमा स्थानीयले‌ खुशी व्यक्त गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement