कोलकाता: भाजपा र सीपीआई (एम) मा कडा हमला गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले बङ्गालको बदनाम गरिरहेको बताएकी छिन्। यहाँ कोही पनि धोएको तुलसीको पात नभएको उनको भनाइ छ। उनले भनिन्, ‘याद गर्नुहोस् यो दिल्ली लड्डु होl’आइतबार महलयाको अवसरमा पार्टीको मुखपत्र जागो बङ्गालाको पूजा संस्करण र उनले लेखेकी गीतहरुको एल्बम ‘उतवीर गान’ को सीडी पनि सार्वजनिक गरियो। कार्यक्रममा मुख्यमन्त्रीले केन्द्रीय एजेन्सीलाई लिएर भाजपालाई पनि निशाना बनाए। उनले भनिन्, ‘हामी सबै खराब अनि उनीहरु सबै असल छन्? जस्तो कि सबै धोएको तुलसीका पात हुन्। उनीहरुको संयोजक दिल्लीमा बसेको छ, याद छ यो दिल्लीको लड्डु हो, जसले खायो उसले पछ्तायो अनि जसले खाएन उसले पछ्तायो। चन्द्रमा, सूर्य ग्रहहरू निधारमा ताराहरू जस्तै बसेका छन्l’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘एउटा पार्टीले बङ्गाललाई बदनाम गर्न खोजिरहेको छ। सामाजिक सञ्जाल प्रयोग गरिरहेको छ। उनीहरुलाई लाग्दैन कि बङ्गालका मानिसले यस्तो गरिरहेका छन् तर बाहिरका मान्छेबाट पैसा दिएर यस्तो काम गराउँदै छन्l’ उनले अझ भनिन्, ‘मलाई गाली गर्दा केही फरक पर्दैन, तर कसैले बङ्गाललाई बदनाम गरे रिस उठ्छ। यदि तिनीहरूको विवेकले अनुमति दिन्छ भने म तिनीहरूलाई आफ्नो काम जारी राख्न भन्छु। बदला लिनु हुँदैन भनेर हामीले भनेका छौं, त्यसैले माकपाका कोही पनि पक्रा परेनन्। तृणमूल बदला लिने पार्टी होइन। त्यसो भएको भए धेरै पक्रा पर्ने थियोl’
मुख्यमन्त्रीले भनिन्, ‘बङ्गालको विकासको कुरा गर्दैनन्, कुरा गरेको भए अझ धेरै विकास हुन्थ्यो। भगवानले सबैको कल्याण गरून्। सबैलाई नवरात्रीको शुभकामनाl’ जागो बङ्गलाको कार्यक्रममा तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक ब्यानर्जी, सांसद सुब्रत बक्सी, सौगता रोय, सुखेन्दु शेखर रोय साथै अन्य धेरै प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।