साउथफिल्ड महाविद्यल दार्जिलिङमा च्याउ उत्पादनबारे एक दिवसीय कार्यशाला

IMG-20251119-WA0109

दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड महाविद्यालयमा आन्तरिक मूल्याङ्कन तथा प्रात्यायन परिषद् र पर्यावरण विज्ञान विभागको संयुक्त पहलमा च्याउ उत्पादन सम्बन्धी कार्यशाला आयोजना गरियो। कार्यशालामा प्रशिक्षक एलिस राईले विद्यार्थीहरूलाई च्याउ उत्पादनका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे विस्तृत रूपमा अवगत गराए।

यस्ता प्रकारका कार्यशालाहरूले विद्यार्थीहरूलाई स्वनिर्भर बन्ने अवसर प्रदान गर्ने बताउँदै यस विषयमा विद्यार्थीहरूले कार्यपत्र तयार गरी प्रस्तुत गर्ने तथा सोही आधारमा मूल्याङ्कन गरिने जानकारी पर्यावरण विज्ञान विभागकी प्राध्यापिका प्रियङ्का मुखियाले दिइन्।

About Author

Advertisement