भक्ति नगर थानामा ई-शिक्षा केन्द्रको कमिश्नर अखिलेश चतुर्वेदीद्वारा गरियो उद्घाटन

सिलगढी: पुलिस कमिश्नर गौरव शर्माले आवश्यकमन्द नानीहरूलाई कम्प्युटरको निःशुल्क शिक्षा दिनको लागि ई-शिक्षा प्रोजेक्टको शुरुआत गरेका थिए। यस अन्तर्गत गौरव शर्माको नेतृत्वमा मतिगढा र सिलगढी थानामा ई-शिक्षा केन्द्रहरूको उद्घाटन गरिएको थियो। भक्ति नगर थानामा पनि उक्त केन्द्र बनाउने तयारी चलिरहेको थियो तर यसभन्दा अगावै अचानक कमिश्नर गौरव शर्मा यहाँबाट स्थानान्तरण भएर विधाननगर पुलिस कमिश्नरेटमा सरुवा भएका छन्। यसपछि तिनको बदलीमा अखिलेश चतुर्वेदीले सिलगढी मेट्रोपोलिटनको नयाँ पुलिस कमिश्नरको रूपमा पदभार सम्हाल्न साथ गौरव शर्माको उक्त अभियानलाई अघि बढाउँदै आज भक्ति नगर थानामा आवश्यकमन्द नानीहरूको लागि ई-शिक्षा केन्द्रको उद्घाटन गरे। उक्त केन्द्रमा अबदेखि भक्ति नगर, आसिघर, सालुगढा इलाकाका आवश्यकमन्द नानीहरूले निःशुल्क कम्प्युटर शिक्षा प्राप्त गर्न सक्नेछन्। यस अवसरमा पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले केही आवश्यकमन्द नानीहरूलाई स्कुल ब्याग र पठन-पाठनका सामग्रीहरू पनि वितरण गरे। यसको साथै तिनले मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्गा पुजाको लागि घोषणा गरेको ६० हजार रुपियाँको चेक पनि पुजा कमिटीहरूलाई प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement