रासनमा वितरण गरिएको आटा गुणस्तर नभएको बताउदै ज्ञापन चडाए

कालेबुङ: आज माकपा नेता तारा सुन्दासले कालेबुङ महकुमा खाद्य नियन्त्रक कार्यालयमा गएर रासनमा बाँडने आटा गुणस्तरिय नभएको र सरकारद्वारा आवान्टित रासन सही रुपमा वितरण नगरिएको आदि जस्ता विविध विषयहरुलाई लिएर अधिकारीलाई ज्ञापन पत्र बुझाए। यसबारे तिनले जानकारी दिँदै रासनको भेट अवधि खाद्य नियन्त्रक अधिकारीले गुणस्तर लगायत अन्य विषयमा निरीक्षण गर्न आफुसँग पर्याप्त मात्रामा कर्मचारीहरू नभएको बारे आफुलाई जानकारी गराएको साथै यो विभाग भगवान भरोसा रहेको पनि तिनले थप आरोप लगाएका छन्। अर्कोतिर, रासन सम्बन्धी चढाएको ज्ञापन बारे महकुमा खाद्य नियन्त्रक प्रभात दर्नालसँग जान्न चाहँदा तिनले आफुलाई यस विषयमा बोल्ने अधिकार नभएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement