टर्निंग पीच बनाउने रणनीतिको आलोचनामा ओर्लिए पूर्व दिग्गज क्रिकेटरहरू

IMG-20251117-WA0070

नयाँ दिल्ली: दक्षिण अफ्रिकाविरुद्ध कलकत्तामा खेलिएको पहिलो क्रिकेट टेस्ट म्याचमा भारतले तेस्रो दिन नै निराशाजनक हारको सामना गर्नु पऱ्यो। म्याचको पहिलो २ दिन अघि रहने भारतीय टीमले तेस्रो दिन असहाय आत्मसमर्पण गऱ्यो। जीतको निम्ति १२४ रनको सजिलो लक्ष्यलाई पीछा गर्दै भारत केवल ९३ रनमा अलआउट भयो। यस हारपछि पूर्व भारतीय क्रिकेट भेंकटेश प्रसादले टीम म्यानेजमेण्ट र चयन समितिमाथि प्रश्न उठाएका छन्। पूर्व पेस बलर प्रसादले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा लेखेका छन्, हामीले सेतो बलको क्रिकेटमा असाधारण प्रदर्शन गरिरहेका छौं तर यस प्रकारको प्लानिंगको साथ हामी आफूलाई शीर्ष टेस्ट टीम भन्न सक्दैनौं। चयनमा स्पष्टताको कमी र ओवर-टेक्टिकल सोचले टीमलाई नोक्सान भइरहेको छ। गत एक सालमा टेस्ट क्रिकेटमा परिणाम चरम निराशाजनक रहेको छ। यसरी उनले सीधा रूपमा मुख्य प्रशिक्षक गौतम गम्भीर र मुख्य चयनकर्ता अजीत अगरकरलाई जिम्मेवार ठहऱ्याएका छन्। गम्भीर प्रशिक्षक बनेपछि भारतको टेस्ट रेकर्ड निराशाजनक रहेको छ। प्रसादको भनाइअनुसार, टीममा कुनै ठोस योजना बिना बद्लाउ गरिँदैछ, जसले स्थिरता प्रभावित भइरहेको छ। पूर्व भारतीय कप्तान सौरभ गांगुलीले पनि गम्भीरलाई खुलेर सल्लाह दिँदै भारतले जीतको निम्ति ऱ्यांक टर्नर पीचहरूमा निर्भर हुने आवश्यकता नभएको बताएका छन्। उनले भने, गम्भीरले विकेट (पीच)-लाई खेलबाट बाहिर गर्नु पर्नेछ अनि भारत जस्तो बलिंग आक्रमण भएको टीमले स्पोर्टिंग र ट्रू पीचहररूमा खेल्नु पर्नेछ। यसले म्याच ५ दिनसम्म चल्नेछ अनि टीमको कौशल अघि आउनेछ। ईंग्ल्याण्डमा भारतीय ब्याटरहरूले धेरै रन बनाएका थिए। यसैकारण नतीजा पनि असल रहेको थियो। गम्भीरले त्यही सोच घरेलु सीरीजहरूमा पनि अप्नाउनु पर्नेछ। पूर्व भारतीय ब्याटर चेतेश्वर पुजाराले पनि यस्तै बयान दिएका छन्। उनले भने, भारतले गत ३-४ सालदेखि ऱ्यांक टर्नर पीच तयार गरिरहेको छ अनि प्रत्येक म्याच ३ दिन भित्र समाप्त भइरहेको छ। यस्ता पीचहरूमा ब्याटरहरूलाई तक्निक भन्दा अधिक भाग्यको साथ चाहिन्छ। एउटा असल पीचमा पहिलो ईनिंग्समा ३००-३५० रन बनिनु पर्छ अनि म्याच बिस्तारै पाँचौं दिनसम्म अघि बढ़्नु पर्छ। यो प्रवृत्ति भारतीय क्रिकेटको निम्ति खतरनाक साबित हुनेछ कारण यस्ता पीचहरूमा ब्याटरहरूका पूरा मेहनत बेकार जान्छ अनि बलरहरूले पनि आफ्नो कौशलको पूरा उपयोग गर्न सक्दैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement