काेलकत्ता: भारतले दक्षिण अफ्रिकाविरुद्ध ईडन गार्डन्समा खेलिएको पहिलो टेस्ट म्याचमा तेस्रो दिन नै ३० रनले हारको सामना गर्नु पऱ्यो। यो भारतको आफ्नो घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध गत १५ सालमा पहिलो टेस्ट म्याच हार हो। यस जीतको साथ दक्षिण अफ्रिकाले २ वटा टेस्ट म्याचको सीरीजमा १-०-को अजेय बढ़त हासिल गऱ्यो। म्याचमा दक्षिण अफ्रिकाको पहिलो ईनिंग्स १५९ रनमा समाप्त हुँदा भारतले आफ्नो पहिलो ईनिंग्समा १८९ रन बनाएर ३० रनको बढ़त हासिल गरेको थियो। त्यसपछि दक्षिण अफ्रिकी टीम आफ्नो दोस्रो ईनिंग्समा आज १५३ रन बनाएर अलआउट हुँदा भारतलाई म्याच जित्न १२४ रन बनाउने लक्ष्य हासिल भयो। लक्ष्य सानै भए पनि दक्षिण अफ्रिकी बलरहरूले असाधारण प्रदर्शन गर्दै भारतलाई चेपारोमा पारे। यसैकारण भारत केवल ९३ रन बनाएर अलआउट भयो। भारतको दोस्रो ईनिंग्समा केवल ४ जनाले १० भन्दा अधिक रन बनाउन सके। वाशिंगटन सुन्दरले सर्वाधिक ३१ रन बनाए। यसबाहेक अक्षर पटेलले २६, रविन्द्र जडेजाले १८ र ध्रुव जुरेलले १३ रन बनाए। केएल राहुलले १ र रिषभ पन्तले २ रन बनाए जबकि यशस्वी जयसवालले त खाता पनि खोलेनन्। चोटग्रस्त कप्तान शुभमन गिल दोस्रो ईनिंंग्समा पनि ब्याटिंग गर्न ओर्लिएनन्। मार्को यानसनले दुवै ओपनरलाई आउट गरेपछि साइमन हार्मरले भारतको मध्यक्रमलाई ध्वस्त पारे। हार्मरले सर्वाधिक ४ विकेट हासिल गरे। मार्को यानसन र केशव महाराजलले २-२ विकेट लिए। भारतले यसअघि अन्तिमपल्ट फरवरी २०१०-मा दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा टेस्ट म्याच गुमाएको थियो। यसअघि आइतवार दक्षिण अफ्रिकाको दोस्रो ईनिंग्स १५३ रनमा समाप्त भयो। कप्तान तेम्बा बावुमाले अविजित ५५ रन बनाए, जुन पहिलो टेस्ट म्याचमा दुवै टीमबाट कुनै पनि ब्याटरले बनाएको एकमात्र अर्द्धशतक हो। दक्षिण अफ्रिकाको दोस्रो ईनिंग्समा भारतीय बलरहरूमा रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिए। यसबाहेक कुलदीप यादव र मोहम्मद सिराजले २-२ विकेट हासिल गरे। म्याचमा ८ विकेट लिने साइमन हार्मरले प्लेयर अव् द म्याचको पुरस्कार जिते।










