खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित समष्टि पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेको सभामा स्वागत सम्भाषण कर्माध्यक्ष दावा वाङ्दी लामाले राखेका थिए। सभालाई सभासद एवं तीनधारे महानदी समष्टिको पर्यवेक्षक प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिको उप सभापति राजु लामा, समष्टिको उप सभापति एवं पञ्चायत समिति सदस्य कुसाङ लामा, नारी शक्तिका समष्टि सभापति निरा प्रधान, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान, सभाध्यक्ष सागर गुरुङ आदिले सम्बोधन गरेका थिए। वक्ताहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक गतिविधि र भावी योजनाहरु विषयमा चर्चा परिचर्चा गर्दै विभिन्न सुझावहरु राखेका थिए। सभामा तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने चारवटा ग्राम पञ्चायतहरुमा पञ्चायत स्तरीय कमिटी गठनको लागि चयन गरिएको संयोजक र सह संयोजकहरु विषयमा चर्चा परिचर्चा गरिएको छ भने शिवखोला ग्राम पञ्चायतको लागि संयोजक र सह संयोजकहरु चयन गरिएको छ। सभाको निर्णय अनुसार ग्राम पञ्चायत स्तरीय कमिटी गठनको लागि आगामी २३ नोभेम्बरको दिन ग्राम पञ्चायतहरुमा पार्टीको सांगठनिक सभा आयोजना गरिने भएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा पार्टीको गतिविधि साथै आगामी दिनमा हुने विभिन्न गतिविधिहरु अनि मतदाता सूचीको विशेष गहन संसोधन एसआईआर विषयमा छलफल गरिएको बताएका छन्। उनले समष्टिको आगामी २३ नोभेम्बरमा विभिन्न ग्राम पञ्चायतहरुमा सांगठनिक सभा आयोजना गरिएको पनि बताएका छन्।










