२६ सेप्टेम्बरः महानन्दा भेटरन्स सिलगढ़ीको तत्त्वावधानमा आयोजित वनडे नक्आउट फूटबल टुर्नामेण्टमा राम कृष्ण भेटरन च्याम्पियन भयो। भाई भाई संघ नजिक महानन्दा नदीको छेउमा स्थित मैदानमा आइतवार भएको यस टुर्नामेण्टको फाइनलमा राम कृष्ण भेटरनले सिलगढ़ी कलेज ग्राउण्ड भेटरनलाई ४-३-ले पराजित गऱ्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै व्यक्तिगत पुरस्कारहरूमा उपविजेता टीमका केशव रोयले प्लेयर अव् द टुर्नामेण्ट र सन्दीप पालले बेस्ट गोलकीपरको पुरस्कार जिते। फेयर प्ले ट्रफी रोयल एफसी भेटरनले जित्यो। टुर्नामेण्टमा जम्मा १० वटा टीमले हिस्सा लिएको थियो।