२६ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा आइतवार चेन्नईयन एफसी-ले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टमा खेलिएको म्याचमा चेन्नईयन एफसी-ले नर्थ ईष्ट युनाइटेड एफसी-लाई २-०-ले पराजित गऱ्यो । विजेता टीमबाट रोहित मुर्मु र रुबेन उरावँले गोल गरे। कुशाल दासलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने म्याचमा एटीके मोहन बगान र बेंगलुरु एफसी-बीच भिड़न्त हुनेछ। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।