लाटपञ्चर गोल्ड कपः दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी रोमाञ्चक जीतको साथ सेमिफाइनलमा

लाटपञ्चर: लाटपञ्चर युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा आयोजित लाटपञ्चर गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी -ले सेमिफाइनलमा स्थान बनायो। लाटपञ्चर खेल मैदानमा बुधवार भएको अन्तिम क्वार्टर फाइनल म्याचमा डीएसए-ले कञ्चनजंघा फूटबल क्लब -विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल हेमराज भुजेलले ५३औं मिनटमा गरे। डीएसए-का सुबेन्दु माण्डीले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। बिहीवार खेलिने पहिलो सेमिफाइनलमा नर्थ बेंगल आर्म्ड पुलिस र यूकेएफसीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा स्थानीय शीर्ष टीमहरूको साथमा छिमेकी राज्य सिक्किम, केरल, छिमेकी देश भूटान र नेपालका जम्मा १४ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको २ वटा सेमिफाइनल १३ र १४ नोभेम्बरमा खेलिनेछ। यसरी फाइनल १६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement