आईपीएल ट्रान्सफर विण्डोः जडेजा रोयल्समा फर्किने अनि सेमसन सीएसके-मा जाने सम्भावना

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल)-को मिनी लिलामी अघि अहिलेसम्मको सबैभन्दा ठूलो खेलाड़ी ट्रान्सफर देखिने सम्भावना रहेको छ। सूत्रबाट थाहालागे अनुसार, चेन्नई सुपर किंग्स (सीएसके)-का दिग्गज अलराउण्डर रविन्द्र जडेजा आफ्नो पुरानो टीम राजस्थान रोयल्समा फर्किन सक्छन् अनि राजस्थानका कप्तान सञ्जु सेमसन सीएसके-मा सामेल हुनसक्छन्। रोयल्समा फर्किएपछि जडेजाले कप्तानको जिम्मेवारी पाउने सम्भावना छ। यसैकारण यसलाई आईपीएल इतिहासको सबैभन्दा चर्चित ट्रेडहरूमा एक मान्न सकिन्छ। ३७ वर्षीय जडेजा पनि आफ्नो करियरको अन्तिम चरणमा टीमको कप्तानी गर्न उत्साहित छन्। उनले २००८-मा राजस्थानको साथ नै आईपीएल करियरको शुरुवात गरेका थिए अनि त्यही साल टीम च्याम्पियन पनि भएको थियो। जडेजा २०१२-मा सीएसके-मा सामेल भएका थिए अनि अघिल्लो १३ वटा सीजनमा २१९८ रन बनाउनको साथै १४३ विकेट हासिल गरे। उनको उपस्थितिमा टीमले ३ पल्ट आईपीएल ट्रफी जितेको थियो। राजस्थान रोयल्स म्यानेजमेण्टको जडेजाको अनुभवले टीमलाई स्थिरता र दिशा प्राप्त हुने सोच रहेको छ। यसबाहेक जडेजाले रियान पराग र यशस्वी जयसवाल जस्ता युवा खेलाड़ीहरूलाई सही मार्गदर्शन पनि गर्न सक्नेछन्। यसरी सेमसनको कप्तानीमा गत दुई सालमा निरन्तरताको कमी देखियो। यसैकारण टीम अहिले यस्ता कप्तानको खोजमा रहेको छ, जसले युवा खेलाड़ीहरूलाई मार्गदर्शन गर्न सक्नेछन् अनि दबाउको क्षणहरूमा शान्त रहन सक्नेछन्। यस्तो स्थितिमा जडेजा टीमको निम्ति सही खेलाड़ी साबित हुन सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement