रावलपिण्डी: पाकिस्तानले रोमाञ्चक पहिलो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा श्रीलंकालाई ६ रनले पराजित गरी तीनवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। रावलपिण्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आयोजक पाकिस्तानले ५० ओभरमा ५ विकेटमा २९९ रनको विशाल स्कोर बनायो। त्यसपछि श्रीलंकाले लड़ाकू प्रदर्शन गरेर पनि ५० ओभरमा ९ विकेट गुमाएर २९३ रन मात्र बनाउन सक्यो। पाकिस्तानको यस जीतमा सलमान आगाको अविजित शतक र हारिस रऊफको विध्वंशी बलिंगले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। पहिला ब्याटिंग गर्दै शीर्ष क्रमको निराशाजनक प्रदर्शन पछि आगाले पाँचौं नम्बरमा खेल्दै ८७ बलमा ९ वटा चौकाको साथ अविजित १०५ रन बनाए। यसबाहेक हुसैन तलतले ६३ बलमा ६ वटा चौका र एउटा छक्काको साथ ६२ रन बनाए। आगा र तलतले पाँचौंं विकेटको निम्ति १३८ रनको पार्टनरशीप गरे। तलत आउट भएपछि आगाले मोहम्मद नवाज (अविजित ३६ रन)-सँग छैटौं विकेटको निम्ति ६६ रनको अटूट पार्टनरशीप गरेर टीमलाई असल स्कोरसम्म पुऱ्याए। श्रीलंकाई बलरहरूमा वानिन्दु हसारंगाले ३ विकेट लिए। त्यसपछि श्रीलंकालाई पाथुम निस्सांका (२९ रन) र कामिल मिशारा (३८ रन)-को ओपनिंग जोड़ीले ८५ रनको पार्टनरशीप गरी असल शुरुवात दिलाए पनि लगातार विकेटको पतनले गर्दा श्रीलंका दबाउमा पऱ्यो। सदीरा समराविक्रमा (३९), कप्तान चरिथ असालंका (३२) र जानिथ लियांगे (३८ रन)-ले असल शुरुवातलाई काममा लगाउन सकेनन्। यसरी एक समय २१० रनमा ७ विकेटको पतन हुँदा पाकिस्तान सजिलै विजयी हुने लागिरहेको थियो तर आठौं नम्बरमा खेल्दै हसारंगा र दशौं नम्बरमा खेल्दै महिष तीक्ष्णाको विध्वंशी ब्याटिंगले श्रीलंकालाई जीतको नजिक पुऱ्याएको थियो। हसारंगाले ७ वटा चौकाको साथ ५२ बलमा ५९ रन बनाए। यसरी तीक्ष्णाले अविजित २१ रन बनाए। नसीम शाहले हसारंगालाई आउट गरी पार्टनरशीप तोड़्नको साथै पाकिस्तानले म्याचलाई नियन्त्रणमा ल्यायो अनि अन्तमा जीत हासिल गऱ्यो। पाकिस्तानका बलरहरूमा हारिस रऊफले सर्वाधिक ४ विकेट लिए।









