लाटपञ्चर गोल्ड कपः सेमिफाइनलमा पुग्यो आर्म्ड पुलिस

लाटपञ्चर: लाटपञ्चर युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा आयोजित लाटपञ्चर गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडले सेमिफाइनलमा स्थान बनायो। लाटपञ्चर खेल मैदानमा मंगलवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा आर्म्ड पुलिसले चिण्डिट्स आर्मीविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमका रिञ्जी शेर्पाले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। बुधवार खेलिने अन्तिम क्वार्टर फाइनलमा कञ्चनजंघा फूटबल क्लब र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा स्थानीय शीर्ष टीमहरूको साथमा छिमेकी राज्य सिक्किम, केरल, छिमेकी देश भूटान र नेपालका जम्मा १४ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुई वटा सेमिफाइनल १३ र १४ नोभेम्बरमा खेलिनेछ। यसरी फाइनल १६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement