चीनको दूतावाससँग हस्तक्षेपको माग गरे सुमित नागलले

नयाँ दिल्ली: भारतका नम्बर एक पुरुष एकल टेनिस खेलाड़ी सुमित नागलले चीन जाने उनको वीजा आवेदन अकारण नै अस्वीकार गरिएको हुनाले चीनको दूतावाससँग तत्काल हस्तक्षेपको माग गरेका छन्। नागलले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा अपील गर्दै भारतमा चीनिया राजदूत र चीनिया दूतावासका प्रवक्तालाई ट्याग गरेका छन्। नागलले लेखेका छन्, भारतमा चीनको दूतावास र भारतमा चीनका प्रवक्ता। म सुमित नागल, भारतका नम्बर एक टेनिस खेलाड़ी हूँ। मलाई अष्ट्रेलियन ओपन प्लेअफ्-मा भारतको प्रतिनिधित्व गर्न चाँड़ै चीन जानु छ तर मेरो वीजा बिना कुनै कारण अस्वीकार गरिएको छ। तत्काल सहयोगको निम्ति म आभारी रहनेछु। वर्तमानमा शीर्ष १००-बाट बाहिर भएको हुनाले नागलले ग्राण्ड स्ल्याम जस्ता शीर्ष प्रतियोगिताहरूमा सीधै प्रवेश पाउँदैनन्। उनी वाइल्ड कार्डद्वारा प्रवेश या क्वालीफायरमाथि निर्भर रहनु पर्छ। २७ वर्षीय नागल अहिले भारतका शीर्ष एकल ऱ्याङकिंग (७५औं स्थान) भएका एकल खेलाड़ी हुन्। नागललाई अष्ट्रेलियन ओपन प्लेअफ्-मा हिस्सा लिन चेंग्दू जानु थियो, जसबाट क्षेत्रीय खेलाड़ीहरूलाई आउँदो साल हुने अष्ट्रेलियन ओपनको मुख्य ड्र-मा प्रवेश हासिल हुनेछ। अब मामिलाको चाँड़ै समाधान नभए नागल यस प्रतियोगिताबाट बाहिर हुनेछन् । गत संस्करणमा उनी पहिलो राउण्डमै हारेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement