खरसाङ: वन विभाग खरसाङ र खरसाङ एसोसिएशन फर टुरिज्म एण्ड कन्जरभेशनको संयुक्त आयोजनामा खरसाङ हाईकिङ एण्ड हेरिटेज वर्कको आयोजना गरिएको छ। खरसाङ क्षेत्रमा रहेको विभिन्न हेरिटेज स्थानहरुलाई चिनाउन र संरक्षणको उद्देश्यका साथमा शुरु गरिएको यो हाईकिङ एण्ड हेरिटेज वर्कको आयोजना गरिएको छ। यसको माध्यमबाट स्थानीय पर्यटकीय स्थलहरू चिनाउन र संरक्षणको उद्देश्य राखिएको छ। यस अन्तर्गत खरसाङ क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थलहरू र हेरिटेज स्थानहरुलाई पर्यटकहरु समक्ष चिनाउन रहेको बताइएको छ। उक्त खरसाङ हाईकिङ एण्ड हेरिटेज वर्कको खरसाङको हाउहिलमा रहेको पाइन फरेस्टबाट शुरु गरेर भिक्टोरिया स्कूल, फरेस्ट स्कूल, म्युजियम हुँदै पाइन फरेस्टमा नै आएर समाप्त गरिएको जानकारी प्राप्त भएको छ। उक्त खरसाङ हाईकिङ एण्ड हेरिटेज वर्कको अगुवाई खरसाङ वन विभागको डीएफओ आईएफएस देवेश पाण्डेले गरेका थिए। यस अवसरमा डाक्टर सुडेन्ला छिरिङ भोटिया, डा. अवन्तिका थापा, प्रतिभा बम्जन, आरएफओ सम्ब्रता साधु र जीटीएको पर्यटन विभागको फिल्ड अफिसर डा दावा शेर्पा आदिले यस हाईकिङ एण्ड हेरिटेज वर्कको महत्व र पर्यटनमा यसको महत्व विषयमा जानकारी गराएका थिए। खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको आयोजनामा पर्यटकहरुका लागि हाईकिङ साथै हेरिटेज वर्कको आयोजना गरेर स्थानीय पर्यटकीय स्थलहरू र हेरिटेज स्थानहरुलाई पर्यटकहरु समक्ष चिनाउन र संरक्षण गर्ने पहल शुरु गरेका छन्।









