तराई डुवर्स भुजेल उत्थान समितिको द्विवार्षिक सभा सम्पन्न

IMG_20220926_001021.jpg

कालचिनी: डुवर्स तराईका भुजेल जातिको छाता संगठन तराई डुवर्स भुजेल उत्थान समितिको द्विवार्षिक सम्मेलन आज कालचिनी स्थित रविन्द्र-भानु-बिरसा भवनमा सम्पन्न भएको जानकारी संगठनको आयोजक कमिटीको सभापति विकास भुजेल र सचिव सञ्जीव भुजेलले दिएका छन्।
आज सम्पन्न सो द्विवार्षिक सम्मेलन शुरु हुन अघि समितिको झण्डा उत्तोलन समितिको मुख्य सल्लाहकार तथा वरिष्ठ समाजसेवी बीबी खावास र राजकुमार भुजेल लगायत संगठनको अध्यक्ष सानु खवासको करकमलबाट गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सानु खवासले गरेका थिए भने सो अवसरमा डुवर्स एसटी स्टेटस डिमान्ड कमिटीको अध्यक्ष एसएन प्रधान र मूलसचिव प्रशान्त थुलुङ र टेकबहादुर सुनुवार विशिष्ट अतिथिको रुपमा उपस्थित रहेको थियो।
कार्यक्रममा भुजेल जाति पनि अन्य गोर्खा जातगोष्ठीको एउटा महत्वपूर्ण अंग रहेको र ११ जातगोष्ठीको संस्थासित काँधमा काँध मिलाएर हिँड़दै आईरहेको र जनजातिको मान्यता प्राप्त गर्न संघर्षरत रहेको सानु खवासले बताए।
कार्यक्रममा भुजेल जातिको भाषा, साहित्य, परम्परा र संस्कृति एवम् यसको संरक्षणबारे समितिको मुख्य सल्लाहकार राजकुमार भुजेल, मूलसचिव इन्द्र भुजेल र लक्ष्मण भुजेलले प्रकास पारेको थियो भने भुजेल नृत्य र गीत प्रस्तुति भुजेल कलाकारहरुले दिएका थिए।
मूलतः समितिको पहिलो सम्मेलन डुवर्सको माक्रापाड़ामा गत बर्ष सम्पन्न भएको र यसपाली द्विवार्षिक सम्मेलन कालचिनीमा सम्पन्न भएको बताउँदै जनजाति मान्यताको निम्ति डुवर्स एसटी स्टेटस डिमान्ड कमिटीसित तराई डुवर्स भुजेल उत्थान समितिले हातेमालो गर्दै आईरहेको र आगामी दिनमा तराई डुवर्सभरीका भुजेल जातिलाई एकसुत्रमा बाँधेर भुजेल संस्कृति र परम्पराको विकास गर्न औ गोर्खा जातिको चिञ्हारी बचाई राख्न तराई डुवर्स भुजेल उत्थान समिति लागिपर्ने प्रतिबद्धता यस सम्मेलनमा लिएको समितिका सभापति सानु खवासले जनाएका छन्।
कार्यक्रम समापन पश्चात आयोजक कमिटीको पक्षबाट विकास भुजेल र सञ्जीव भुजेलले आजको कार्यक्रमलाई सफल बनाउन मुख्य सल्लाहकार राजकुमार भुजेल लगायत सानुप भुजेल, दिनेश भुजेल, बिक्की भुजेल, दिलीप भुजेल, कविराज भुजेल र भुजेल युवा सदस्यहरुले सक्रिय सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका छन‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *