वर्ल्ड कप जीतले बद्लियो भारतीय महिला क्रिकेटरहरूकी भाग्य

मुम्बई: भारतीय महिला क्रिकेट टीमको वर्ल्ड कप जीतको असर मैदानमा मात्र नभएर ब्राण्ड भ्याल्यूको मैदानमा पनि व्यापक रूपमा देखिएको छ। जेमिमा रोड्रिग्स, शेफाली वर्मा र स्मृति मन्धना जस्ती स्टार खेलाड़ीहरूकी मार्केट भेल्यू अहिले करोड़ौं रुपियाँ पुगेको छ। एउटा रिपोर्ट अनुसार, यी खेलाड़ीहरूकी ब्राण्ड भेल्यूमा ५० प्रतिशत भन्दा अधिकको बढ़ोत्तरी दर्ता गरिएको छ। यसरी अब यी खेलाड़ीहरूले हरेक वर्ष विज्ञापन अनुबन्धहरूबाट मात्र एक करोड़ रुपियाँभन्दा अधिकको कमाई गर्न सक्नेछिन्। जेएसडब्ल्यू स्पोर्ट्स र बेसलाइन वेञ्चर्स जस्ता म्यानेजमेण्ट एजेन्सीहरूले बताएअनुसार, वर्ल्ड कप जितेपछि महिला क्रिकेटरहरूकी निम्ति विज्ञापन जगतको दैलो सम्पूर्ण रूपले खोलिएको छ। जेएसडब्ल्यू स्पोर्ट्सका चीफ कमर्शियल अफिसर करण यादवले भने, जेमिमाकी ब्राण्ड भेल्यू ६० लाखबाट बढ़ेर अहिले १.५ करोड़ रुपियाँसम्म पुगेको छ। यसरी शेफालीले ४० लाखबाट सीधै एक करोड़ रुपियाँको आँकड़ा पार गरेकी छन्। बेसलाइन वेञ्चर्सका एमडी तूहीन मिश्राले भने, हामी २५-देखि ५५ प्रतिशतसम्मको बढ़ोत्तरी देखिरहेका छौं। वर्ल्ड कपमा यादगार प्रदर्शन गर्ने खेलाड़ीहरूका निम्ति यो वृद्धि अझ अधिक हुनेछ।

यी खेलाड़ीहरूकी सोशल मीडिया फलोईंगमा पनि रेकर्डतोड़ बढ़ोत्तरी भएको छ। जेमिमाकी इन्स्टाग्राम फलोईंग अहिले ३.३ मिलियनभन्दा अधिक पुगिसकेको छ जबकि शेफालीकी लोकप्रियतामा ५० प्रतिशतभन्दा अधिकको वृद्धि दर्ता गरिएको छ। यादवको भनाइअनुसार, यो केवल ट्रफीले गर्दा होइन। उनीहरूकी लोकप्रियता, सांस्कृतिक जुड़ाउ र मानिसहरूसँग सम्पर्कले उनीहरूलाई सालभरि ब्राण्ड्सको निम्ति प्रासंगिक बनाएको छ। पहिला जहाँ ठूलोठूलो अटोमोबाइल, ब्यांकिंग र इन्श्योरेन्स ब्राण्ड्स केवल पुरुष क्रिकेटरहरूसँग काम गर्थ्यो, अहिले त्यही कम्पनीहरूले महिला खेलाड़ीहरूसँग साझेदारी गरिरहेको छ। तूहीन मिश्राले भने, स्मृति मन्धनाले ह्यूण्डई, गल्फ ओयल, एसबीआई, पीएनबी मेटलाइफ जस्ता ब्राण्डहरूसँग काम गरेर यो केवल पुरुषहरूको निम्ति रहेको धारणालाई तोड़ेकी छन्। उल्लेखनीय छ, स्मृतिले अगावै रेक्सोना, नाइकी, नेस्ले मेगी, वोलिनी र यूनिसेफ जस्ता कम्पनीहरूसँग काम गरिसकेकी छन्।

वर्ल्ड कप जितेपछि भारतीय महिला क्रिकेटरहरूलाई करोड़ौंको विज्ञापन मात्र प्राप्त नभएर कम्पनी र सरकारहरूबाट पनि ठूलो सम्मान प्राप्त भइरहेको छ। टाटा मोटर्सले भारतीय महिला क्रिकेट टीमकी हरेक सदस्यलाई नयाँ एसयूभी टाटा सिएराको टप मोडल गिफ्ट गर्ने घोषणा गरेको छ। कम्पनीका एमडी शैलेश चन्द्रले भने, यो जीत भारतकी छोरीहरूकी दृढ़ता र आत्मविश्वासको प्रतीक हो। उनीहरूले हरेक भारतीयलाई प्रेरित गरेकी छन्। विश्लेषकहरूका विचारमा आउँदो सालहरूमा भारतीय महिला क्रिकेटरहरूकी एण्डोर्समेण्ट मार्केटमा क्रिकेट विज्ञापनहरूमा २०-२५ प्रतिशतको कब्जा हुन सक्नेछ। करण यादवले भने, अब स्टार पावरको अर्थ केवल प्रदर्शन नभएर प्रामाणिकता, आत्मविश्वास र सांस्कृतिक प्रभाव हो। वर्ल्ड कपको यो जीत भारतीय महिला क्रिकेटरहरूकी निम्ति केवल इतिहास नभएर एउटा नयाँ युगको शुरुवात हो, जहाँ अब महिला खेलाड़ीहरूले मैदानको साथ-साथ वर्ल्ड मार्केटमा पनि राज गर्नेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement