लाटपञ्चर गोल्ड कपः केएफसी क्वार्टर फाइनलमा पुग्न सफल

लाटपञ्चर: लाटपञ्चर युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा आयोजित लाटपञ्चर गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। लाटपञ्चर खेल मैदानमा सोमवार भएको म्याचमा केएफसी-ले अमेरिकास एफसी (केरल)-विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको निम्ति आमिर लामा, पुजन सुब्बा र अरुण तामाङले १-१ गोल गरे। आमिर लामाले प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार जिते। टुर्नामेण्टमा स्थानीय शीर्ष टीमहरूको साथमा छिमेकी राज्य सिक्किम, केरल, छिमेकी देश भूटान र नेपालका जम्मा १४ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको २ वटा सेमिफाइनल १३ र १४ नोभेम्बरमा खेलिनेछ। यसरी फाइनल १६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement