इन्टरलोक्युटर समक्ष पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांग राख्नलाई आईजीजेएफले गठन गर्यो टिम

दार्जिलिङ: पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मांगलाई एकै स्वरमा इन्टरलोक्युटर समक्ष राख्नलाई ईण्डियन गोर्खा जन शक्ति फ्रण्टले टिम गठन गरेको छ। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट पूर्व आईपीएस अधिकारी नर्बु छिरिङ, कमल शर्मा, प्रकाश गुरूङ अनि फिन्जो वाङगेल गुरूङ आदिलाई सामेल गराएर टिम बनाएका छन्। आईजीजेएफले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मांगलाई इन्टरलोक्युटर समक्ष संयुक्त रूपमा राख्ने दिशामा काम गर्नेछ। केन्द्र सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगलाई ध्यानमा राख्दै इन्टरलोक्युर नियुक्ति गरेको छ अनि आईजीजेएफले इन्टरलोक्यूटरलाई अघिबाटै अन्तरात्माबाट स्वागत जनाउने विषय सार्वजनिक गरिसकेका छन्। गत ८ नोभेम्बर २०२५ को दिन आईजीजेएफ केन्द्रीय कार्यकारिणीको सभा सम्पन्न भएको थियो अनि उक्त बैठकमा बंगालदेखि बाहिरो भारतभित्र छुट्टै व्यवस्था मूल मांग रहेको स्पष्ट अडान लिएको बताइएको छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगलाई एउटै आवाज हुनुपर्छ भन्ने विषयमा आईजीजेएफ वचनबद्व छ अनि यस विषयमाथि आईजीजेएफले उक्त टिम गठन गरेको जनाएको छ। यस विषयमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एनबी खवासले भने, ‘आईजीजेएफको टिमले राजनैतिक पार्टीको नेतृत्वहरूदेखि समाजिक संघ संस्था साथै बुद्धिजीविहरूसंग भेटेर पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगको आवाज इन्टरलोक्युटर समक्ष एउटै आवाजमा राख्न पर्छ भन्ने कुरामाथि जोर दिनेछ। हिज आईताबार गोर्खा जन मुक्ति मोर्चाले अल पार्टी मिटिङको बोलाएका थिए अनि उक्त मिटिङमा आईजीजेएफ तथा केन्द्रीय संयोजक अजय एडवर्डसलाई पनि निम्ताएका थिए। आफुहरूको पूर्व घोषित कार्यक्रम रहेको हुनाले आयोजित मिटिङमा उपस्थित हुन सम्भाव भएन तर केन्द्रीय संयोजक अजय एडवर्डसले बंगालदेखि अलग छुट्टै व्यवस्थाको निम्ति हो भने जहाँ बोलाए पनि त्यहाँ जान तयार हुनेछ भन्ने आफ्नो टेक स्पष्ट रहेको गोजमूमो प्रमुख बिमल गुरूङलाई पत्रचार गरेर स्पष्ट गरी दिएका थिए अनि आयोजित अल पार्टी मिटिङमा उक्त पत्र पढेर सुनाई दिने अनुरोध पनि गरेका थियौं। हिजो आईताबार बसेको अल पार्टी मिटिङले छुट्टै राज्य गोर्खाल्याण्डमाथि संयुक्त रूपमा काम गर्ने लिएको प्रस्तावप्रति हामी अति नै खुशी छौं। सबैभन्दा खुशीको कुरा भारतीय जनता पार्टीले हामीलाई कहिले दीर्घकालीन मांग, कहिले स्थायी राजनैतिक समाधान आदि जस्ता कुराहरू गरेर अल्मलाउने काम गर्दै थिए तर हिजो आईताबार बसेको अल पार्टी मिटिङमा भाजपाको नेतृत्वहरू पनि थिए अनि उनीहरूले पनि अलग राज्य गोर्खाल्याण्ड गठनको मांगमा सक्रिया रूपमा सामेल हुने लिएको प्रस्तावलाई समर्थन गरेको हामी अति नै खुशी छौं अनि यो ऐतिहासिक विषय रहेको छ।’
उनले अघि भने, ‘इण्डियन गोर्खा जनशक्ति फ्रण्टको अडान स्पष्ट छ बंगालदेखि बाहिरा भारतभित्र व्यवस्थामा अडिक रहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement