आगलागीमा क्षतिग्रस्त परिवारलाई सहयोग गर्ने सांसद विधायकको आश्वासन

IMG-20220925-WA0214.jpg

कालचिनी: शनिबार साँझ प्रायः ६ बजी कालचिनी स्थित मोदी लाईनमा भयावह आगलागीमा १७ देखि २२ परिवारको स्थिति औ घटनास्थलको निरीक्षण गर्न आज केन्द्रीय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारला कालचिनी आईपुगेका थिए। मनत्रीसितै कालचिनी विधायक विशाल लामा पनि साथमा रहेको थियो भने आज विहान घटनास्थलको निरीक्षण गर्दै क्षतिग्रस्त परिवार सदस्यहरूसित मन्त्री जोन बारला र विधायक विशाल लामाले कुराकानी गरेको थियो।

आज जेजति मदत राहत सामग्रीको रुपमा प्रदान गरिएको र आगामी दुई तीन दिनभित्र एमएलए पर्षदीय दलबाट आगलागीमा क्षतिग्रस्त १७ परिवारलाई १० हजार गरेर प्रदान गरिने विधायक विशाल लामाले जनाएका छन्। घटनास्थल निरीक्षणमा आएका मन्त्री तथा सांसद जोन बारलाले पनि यो एउटा दुखदायी दुर्घटना भएको र यतिखेर हामी सबैको कर्तव्य हो क्षतिग्रस्त पीड़ित परिवारलाई मदत दिन अघि आउनु पर्ने र आफ्नो पक्षबाट जेजति राहत सम्भव छ त्यो दिईने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *