आईजीजेएफले इन्टरलोक्युटरलाई अन्तरात्मादेखि स्वागत जनाउने

बंगालदेखि अलग हुने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउछ, त्यहाँ जान हामी तयार छौँ: अजय एडवाडर्स

दार्जिलिङ: बंगालदेखि अलग हुने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउँछ त्यहाँ जान हामी तयार छौँ भनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको मुख्य संयोजक अजय एडवर्ड्ले बताएका छन्। उनले यस विषयमा भने, ‘गोर्खा जन मुक्ति मोर्चाले बोलाएको सर्वदलीय बैठकमा हामी उपस्थित हुन सकेनौँ। महिना दिन अघि नै शहीद खडका माया शर्माको सालिग उदघाटनको कार्यक्रम तय भएको हुनाले आयोजित सर्वदलीय बैठकमा उपस्थित हुन सकेनौँ। मैले यस विषयमा गोर्खा जन मुक्ति मोर्चाको संस्थापक अध्यक्ष विमल गुरूङलाई पत्र लेखेर जानकारी गराउने कार्य समेत गरिसकेको छु। शहीदको कार्यक्रम स्थगित गर्न मिल्दैन, बंगालदेखि अलग हुने निर्णय हो भने तपाईहरूले हामीलाई जहाँ बोलाउनु हुन्छ हामी त्यहाँ आउन तयार छौँ। बंगालदेखि अलग हुने कार्यक्रमलाई एकतामा आउनु हो भने हामी तपाईहरूले जहाँ बोलाउनु हुन्छ हामी त्यहाँ आउन तयार छौँ। तर बंगालभित्रकै कुनै व्यवस्था, प्याकेज, जीटीए जस्तै व्यवस्थाको लागि हो भने हामी त्यसमा सहभागिता जनाउन सक्दैनौं। बंगालदेखि अलग हुने तथा छुटिने कार्यक्रम हो भने हामीलाई जहाँ बोलाउँछ हामी त्यहाँ आई पुग्नेछौँ।
एडवर्ड्सले अघि भने, ‘हामी भाजपा गठबन्धनमा छैनौँ। भाजपाले झुक्काउँदै आएको सबैलाई थाहाँ छ। आयोजित सर्वदलीय बैठकमा हामीलाई आमन्त्रित गरेको थियो। तर हाम्रै पूर्व घोषित कार्यक्रमको कारणले गर्दा हामी अल पार्टी मिटिङमा उपस्थित हुन सकेनौँ। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति प्राणको आहुति दिनेहरूलाई हामीले भूल्न हुँदैन। त्यसैकारण मैले विमल गुुरूङ दाजुलाई पत्र लेखेर जानकारी समेत गराएको हो। केन्द्र सरकारले नियुक्ति गरेको इन्टरलोक्युटरलाई हामीले एक सुनौलो अवसरको रूपमा हेरेका छौँ। त्यसकारण हामीले इन्टरलोक्युटरलाई भित्रै आत्मादेखि नै स्वागत जनाएका छौँ। जब इन्टरलोक्युटर आउँछ,हामी उनीसंग अवश्यै भेट गर्नेछौँ अनि हाम्रो पक्ष उनीसँग स्पष्ट राख्ने छौँ। हाम्रो मांग बंगालदेखि अलग हुने हो अनि यो कुरा हामी इन्टरलोक्युटर समक्ष स्पष्टसंग राख्ने छौँ। अलग राज्य तथा हामी गोर्खाल्याण्ड पन्थीहरूले एकै दिनमा हामीले हाम्रो मांग विषयबारे चर्चा गरेर त्यसमाथि सहमति बन्न सक्छौं। हामीले सुन्दैछौ इन्टरलोक्युटरले सबै राजनीति पार्टीहरूसँग बसेर काम गर्ने निर्णय बनाएका छन्। हामीलाई पनि वहाँले एक राजनीति पार्टीको रूपमा हेर्छन् भने हामी हाम्रो पक्ष उनी समक्ष राख्नेछौँ‌ तर हामी इन्टरलोक्युटरलाई अन्तरात्मादेखि नै स्वागत जनाउछौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement