गुम्बाद्वारा अनित थापालाई सम्बर्ध्दना
खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले सोमवार तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा रहेको झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको निरीक्षण भ्रमण साथै दर्शन गरेका छन्। यस अवसरमा उनले सिविटार बाघमारा बस्ती क्षेत्रका जनसाधारणहरुसित भेटघाट पनि गरेका छन्। यसको साथै अनित थापाले बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा गत २ नोभेम्बरदेखि शुरु भएको त्रिपिटक काङयुर पूजामा पनि सामेल भएर पूजा अर्चना गरेका छन्। जीटीए प्रमुख अनित थापा सिविटारको बाघमारा बस्ती आईपुग्दा स्थानीयहरुले स्वागत जनाएका थिए। यसै अवसरमा बाघमारा बस्तीस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बाको तर्फबाट जीटीए प्रमुख अनित थापालाई सम्मान जनाइएको छ। यस अवसरमा उनलाई झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बामा भईरहेको काङयुर पूजा आयोजक समितिको तर्फबाट शल ओढाएर साथै सम्वर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। उनलाई पूजा आयोजक समितिको संयोजक रञ्जन तामाङको बाहुलीबाट खदार्पणसहित शल ओढाएर सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रमलाई महेन्द्र तामाङले सञ्चालन गरेका थिए। यस अवसरमा जीटीए प्रमुख अनित थापाले स्थानीय जनसाधारणहरुसित भेटघाट पनि गरेका थिए। उल्लेखनीय छ सिविटारको बाघमारा बस्तीमा रहेको झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बामा गत २ नोभेम्बरदेखि ११ नोभेम्बरसम्म क्याङयुर पूजा भईरहेको छ भने यस पूजाको समापन ११ नोभेम्बर मंगलवार हुने भएको छ। पूजा समापनको दिन कालेबुङबाट आएका बौध्द धर्म थेनड्रुल झ्याङलिन रिम्पोर्छेको बाहुलीबाट वाङ वितरण गरिने भएको छ। पूजा आयोजक समितिले काङयुर पूजाको अन्तिम दिन सबै भक्तजनलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। जीटीए प्रमुख अनित थापाको गुम्बा भ्रमण साथै काङयुर पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूजा आयोजक समितिको सचिव एवं पञ्चायत सदस्य राजीव तामाङले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले पूजा आयोजक समितिको तर्फबाट जीटीए प्रमुख अनित थापालाई सम्मान जनाइएको पनि बताएका छन्। राजीव तामाङले गत २ नोभेम्बरदेखि शुरु भएको काङयुर पूजाको अन्तिम दिन मंगलबार कालेबुङबाट आएका बौध्द धर्म थेनड्रुल झ्याङलिन रिम्पोर्छेको बाहुलीबाट वाङ वितरण गरिने भएको कारणले सबै भक्तजनलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।









