पाकिस्तान: २७औँ संविधान संशोधनविरुद्ध विपक्षले देशव्यापी विरोधको घोषणा

नई दिल्ली: पाकिस्तान संसद प्रस्तावित २७औँ संविधान संशोधन पारित गर्न तयारीमा रहेको छ, जसको विरोधमा विपक्षीले आइतबारदेखि देशव्यापी प्रदर्शनको घोषणा गरेका छन्।
संशोधन अनुसार ‘चेयरम्यान ज्वाइंट चीफ्स अफ स्टाफ कमिटी’ को पद हटाइ ‘चीफ अफ डिफेन्स फोर्सेज’ नामक नयाँ पद स्थापना गरिने प्रस्ताव छ। यसका साथै संघीय संवैधानिक अदालतको स्थापना र उच्च अदालतका न्यायाधीश नियुक्तिको प्रक्रियामा पनि संशोधन प्रस्तावित छ।
सरकारको उद्देश्य सर्वोच्च अदालतको शक्तिलाई घटाउनु र राष्ट्रपतिलाई आजीवन आपराधिक कार्यवाहीबाट सुरक्षा प्रदान गर्नु हो। कानून मन्त्री आजम नजीर तरारले संशोधन सीनेटमा पेश गरेका छन्। बहुदलीय विपक्षी गठबन्धन तहरीक-ए-तहाफुज आईन-ए-पाकिस्तान (टीटीपी) ले यसको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement