महालयको अवसरमा कोचबिहार लायन्स क्लब रोयल्सद्वारा नयाँ कपड़ा वितरण

IMG-20220925-WA0211.jpg

कालचिनी: आज महालयको अवसरमा कोचबिहार लायन्स क्लब रोयल्सको पक्षबाट औ सयपत्री संघ पम्फु बस्ती राजाभातखावाको सहयोगितामा प्रायः २००० आवश्यकमन्द गाउँलेहरुलाई निःशुल्क कपड़ा वितरण गरिएको जानकारी कोचबिहार लायन्स क्लब रोयल्सको सभापति डा. अनिर्वान रोयले दिएका छन्।
राजाभातखावा पम्फु बस्तीमा सयपत्री संघ महिला दुर्गा पूजा कमिटीको सहयोगिता औ कोचबिहार लायन्स क्लब रोयल्सको पक्षबाट यो पूण्य कार्य गर्न पाउँदा दाता संस्था कोचबिहार लायन्स क्लब रोयल्सको सभापति डा. अनिर्वान रोयले सन्तोष जाहेर गर्दै गत वर्ष पनि कोहिनूर चियाबारीमा यस्तै लता कपड़ा वितरण गरेको र यसपाली राजाभातखावा पम्फु बस्तीको सयपत्री संघको संयोजक अभिनारायण शर्माको सहयोगितामा यो काम गरिएको र २ बर्षदेखि १४ बर्ससम्मका नानीहरुलाई नयाँ जामा कपड़ा वितरण गरिएको र यो कुनै प्रचार कार्यको निम्ति नभएर मानवताको निम्ति गरिएको डा. अनिर्वान रोयले बताएका छन्।
सो सम्बन्धमा राजाभातखावा सयपत्री संघका संयोजक अभिनारायण शर्माले मनरेगाको वेतन विगत १० महीनादेखि नपाएर गरीब परिवारले पूजा र चाढ़बाढ़ खल्लो अनुभव गरिरहेको बेला यसरी कोचबिहार लायन्स क्लब रोयल्सको पक्षबाट यसरी आवश्यकमन्द गाउँलेहरुलाई निःशुल्क जामा कपड़ा वितरण गर्दा धेरै राहत पुगेको पूजाको अवसरमा नानीहरुको मुहार हँसिलो भएकोमा कोचबिहार लायन्स क्लब रोयल्सका सदस्यहरूलाई साधुवाद नदिई नसक्ने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *