दुधौली: स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका एक अभियुक्त पक्राउ परेका छन्। सिन्धुलीको दुधौली निवासी ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। उनलाई काठमाडौंको जिल्ला पुलिस परिसरमा ल्याइँदैछ।
जेन जी आन्दोलनको क्रममा उनी जेलबाट भागेका थिए। बम्जनलाई सोह्रखुट्टेमा पक्राउ गरिएको पुलिसले जनाएको छ। उनी कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जेलमा थिए।









