भातिसीपुको पर्वतारोहीहरूको टीमले माउण्ट डोम खाङको सफल आरोहण

l5t0ov0o_itbp-climbers-on-mount-dome-khang_625x300_24_September_22.jpg

गान्तोक: भारत तिब्बत सीमा पुलिस (भातिसीपु) को पर्वतारोहीहरूको टीमले गत २२ सेप्टेम्बरमा उत्तर सिक्किम अन्तर्गत माउण्ट डोम खाङको लाचेन घाटीस्थित पर्वतको सफलतापूर्वक आरोहण गरेको छ। यस पर्वतको उॅंच्चाई ७२५० मिटर (२३,७८६ फुट) रहेको छ।

उक्त पर्वतारोहण अभियान ११ अगस्त, २०२२ मा डा. सुजय लाल थाउसेन, भापुसे महानिदेशक, भातिसीपुद्वारा बल मुख्यालयमा फ्ल्याग अफ गरिएको थियो। पर्वतारोहण अभियान टीमको नेतृत्व रतन सिंह सोनल, कमाण्डेन्ट एवं डिप्टी लीडर अनूप कुमार, डिप्टी कमाण्डेन्टले गरेका थिए।

माउण्ट डोम खाङ हिमालय जनक खण्डमा एउटा पर्वत हो। यो उत्तरमा स्थित तेस्रो सबैभन्दा अग्लो कञ्चनजङ्घा, देखि २० किलोमिटर टाड़ा अवस्थित छ। आईटीबीपीलाई भारत तथा विश्वमा पहिलोपल्ट यस चोटीको सफलतापूर्वक आरोहरणको गौरव प्राप्त भएको छ। अभियान दल की एक पर्वतारोही कन्स्टेबल (जीडी) स्टेनजिन छोरोल डोम खाङ पर्वतमा सफलतापूर्वक आरोहरण गर्ने पहिलो महिला पर्वतारोही बनेकी छन्।

आईएमएफ रेकर्ड अनुसार, माउण्ड डोम खाङ यसभन्दा अगाडि आरोहण गर्न सकिएको छैन। पहिलोपल्ट आईटीबीपीको टीमले माउण्ट डोम खाङको सफल आरोहरण गरेको छ। यसका साथै आईटीबीपीको अभियान माउण्ट डोम खाङ आरोहण गर्ने पहिलो भारतीय अभियान बनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *