दार्जिलिङ: पूर्व घोषित कार्यक्रमको कारणले आईताबार हुने अल पार्टी मिटिङमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले अंश ग्रहण गर्न नसक्ने भएका छन्। इन्टरलोक्युटरको विषय अहिले पहाडमा निकै चासोको विषय बन्न गएको छ। इन्टरलोक्युटरको विषय वस्तु आम जनतामा उति चासो नभएता पनि तर जसले यस विषयमा चासो राख्दै आएका छन्। उनीहरूको लागि गहन विषय बन्न गएका छन्। शुक्रबार ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले भारतीय जनता पार्टीको घटक दलहरूको यस विषयमाथि बैठक भएको सामाजिक सञ्जालसंगसंगै समाचार पत्रहरूमा देखेको र त्यसरी नै आईताबार पनि यस विषयमाथि गोर्खा जनमुक्ति मोर्चाले अल पार्टी मिटिङ डाकेका छन्। आयोजित अल पार्टी मिटिङमा आईजीजेएफ तथा अजय एडवर्डसलाई निम्ताएकोमा गोर्खा जनमुक्ति मोर्चाप्रति आभार जनाएका छन्।यस विषयमा पत्रकारहरुसित दार्जिलिङमा सम्बोधन गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एनबी खवासले भने, हामीले गोर्खाल्याण्ड आन्दोलनको क्रममा शहीद भएका ती शहीदहरूको स्मरण स्वरूप उनीहरूको सालिगको निर्माण गर्दै आएका छौं। यसै क्रममा गत महिना अघि नै सोनादा क्षेत्रका रिङटङको कालू बस्ती निवासी शहीद खडका माया शर्माको सालिग निर्माण गरेका छौं। उनको सालिगको अनावारण आईताबार गरिने पूर्व घोषित कार्यक्रम रहेको हुनाले पार्टीको सबै नेतृत्वहरू उक्त कार्यक्रममा अंश ग्रहण गर्न जाने भएको हुनाले आईतबार हुने अल पार्टीको बैठकमा आईजीजेएफले अंश ग्रहण गर्न सक्ने छैन।’
एनबी खवासले भने, ‘इन्टरलोक्युटरको विषयमाथि मोर्चाको नेतृत्वहरूको बयान हामीले सुन्दै आईरहेका छौँ। तर घटक दलभित्र नै दुईवटा कुरा बाहिरी रहेको छ।इन्टरलोक्युटरलाई हामी स्वागत जनाउँछौं। जब इन्टरलोक्युटर पहाड आउनेछ हामी हाम्रो पक्ष राख्ने छौँ। इन्टरलोक्युटरलाई हामीले एक सुनौलो अवसरको रूपमा हेरेका छौँ। पहाड तराई डुवर्स साथै गोर्खाहरूको आकांक्षलाई लिएर दिल्लीको नर्थ ब्लकमा जानु पर्ने हो तर सरकार हाम्रो समस्या सुन्न हामी कहाँ आउँदैछ योभन्दा राम्रो कुरा अरू के हुन सक्छ। तर इन्टरलोक्युटर नियुक्ति गरिएको अधिसूचना सार्वजनिक किन गरिन्दैन यो संदेहजनक विषय छ। गोजीमा राखेर हुँदैन। आम जनताले जान्न पाउनुपर्छ।’









