फ्रण्टको दायित्व डेविड राईलाई सुम्पियो
दार्जिलिङ: असंगठित कर्मचारीहरूलाई न्याय दिलाउन इण्डियन गोर्खा जनशक्ति फ्रण्टले जनशक्ति असंगठित कर्मचारी फ्रण्टको गठन गरिएको छ। शहरको मालरोडस्थित इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यलय पीकोठीमा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यकारिणी समितिको सभा सम्पन्न भयो। सभामा पहाडको वर्तमान राजनीति स्थितिसंगसंगै असंगठित कर्मचारीहरूले भोग्न परिरहेको समस्याहरूलाई ध्यानमा राख्दै जनशक्ति असंगठित कर्मचारी फ्रण्टको गठन गरियो।आईजीजेएफको नव गठित भातृ संगठन जनशक्ति असंगठित कर्मचारी फ्रण्टको दायित्व केन्द्रीय कार्यकारिणीको सभाले डेविड राईलाई सुम्पिएका छन।डेविड राई सामाजिक विचार धारा बोकेका व्यक्ति हुन्।असंगठित कर्मचारीहरूलाई पनि डेविड राईले विगतका दिनमा संगठनको गठन गरेर असंगठित कर्मचारीहरूलाई न्याय दिलाउने धेरै कार्यहरू गरी सकेका छन्।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको सभाले नव गठित जनशक्ति असंगठित कर्मचारी फ्रण्टको कार्यलयको व्यवस्था गरी दिएका छन,डेविड राईले चाँढै नै संगठन विस्तारको कार्यलाई तीब्र गति दिने बताइएको छ।










